२०८१ जेष्ठ ११ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode
 BREAKING
सत्ता पक्ष 'सहकारीबन्धु' गठबन्धनको रुपमा देखियो- महामन्त्री शर्मा | ललितपुरमा नक्कली नेपाली नोटसहित एक जना पक्राउ | जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ | राष्ट्रिय सभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित | धावनमार्गको पिच उप्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब एक घण्टा बन्द | प्रहरीले आफ्नो दायित्वलाई कुशलतापूर्वक निर्वाह गर्दै आएको छ- प्रधानमन्त्री | प्रतिनिधिसभामा आज पनि कांग्रेसको अवरोध, बैठक स्थगित | राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता | सहकारी ठगि प्रकरण : कार्यदलमा जुटेन सहमति | सुनको मुल्य घट्यो, कतिमा हुदै छ कारोबार ? |

काठमाडौं । वीरगञ्जका १३ सामुदायिक बिधालय कालो सूचीमा परेको छ । वीरगञ्ज महानगरपालिकाले एकीकृत शैक्षिक व्यवस्थापन तथा सूचना प्रणाली (आईईएमआईएस) अद्यावधिक नगरेका कारण ती विद्यालयलाई कालो सूचीमा राखेको हो ।

आईईएमआईएस मा तथ्यांक प्रविष्टि गर्न पटक-पटक ताकेता गर्दा पनि अटेर गरेकाले १३ वटा सामुदायिक विद्यालयलाई कालो सूचीमा राख्नु परेको शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्णले बताए ।

कालो सूचीमा पर्नेमा त्रिजुद्ध मा.वि, विद्यापिठ मा.वि, विश्वहिन्दु संस्कृति आधारभुत विद्यालय विद्यापीठ, सिन्दुरियामाई आधारभुत विद्यालय लक्ष्मणवा, मकतव इनर्वा, अपौनी, परवानीपुर, मनियारी, प्रसोतिपुरमा सञ्चालित आधारभुत विद्यालय रहेका छन् ।

यस्तै आदर्श बालविकास आधारभुत विद्यालय बेल्वा, मदर्सा इस्लामिया आधारभुत विद्यालय सुगौलिविर्ता, नेपाल रेडक्रस आधारभुत विद्यालय लक्ष्मीपुर वेल्वा, रामजानकी आधारभुत विद्यालय रामगढवा कालोसुची मा रहेकोे छ । महानगरले जारी गरेको सूचनामार्फत विद्यालयले अहिले प्राप्त भएको कुनै पनि सुविधा, निकासा तथा अनुदानबाट बञ्चित हुने चेतावनी दिइएको छ ।

प्रधानाध्यापकका कारण नै यस्तो अवस्था आएको भन्दै विद्यालयले प्राप्त गरिरहेको सुविधा कटौती भए स्वयं उनीहरु नै जिम्मेवार हुने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।