काठमाडौं । लोक आस्थाको पर्व छठ उदाउँदा सूर्यलाई अर्घ्य दिँदै सम्पन्न भएको छ । ४ दिन सम्म मनाइने यो पर्व आज सम्पन्न भएको हो ।
शनिबार राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत बसेका बर्तालुुले आज सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई अर्घ्य दिँदै यसपालिको छठ पर्व सम्पन्न गरेका हुन् ।
आज बिहान मिथिला क्षेत्रमा ६ बजेर १४ मिनेट जाँदाको समयको हाराहारीमा सूर्योदय भएको छ ।ब्रतालुले आइतबार साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिएका थिए ।
आज मधेस प्रदेश सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।