२०८१ श्रावण १० | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । रहस्यमय रुपमा ज्यान गुमाएकी जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोककी २२ वर्षीया आरती साहलाई न्याय दिनु पर्ने  भन्दै सिंहदरबार दक्षिण गेटमा पीडितहरू सोमबार पुगेका थिए ।

आरतीको हत्या भएको र न्याय पाउने आश नदेखेपछि विगत एक महिनादेखि माइती पक्ष काठमाडौं पुगेर आन्दोलनरत छन् । तर सरकारले आवाज नसुने पछी सोमबार ऊनीहरु सिंहदरबार पुगेका थिए । त्यहा प्रहरीले गृहमन्त्री संग वार्ता गराउनु को सट्टा धरपकडमा उत्रियो । प्रहरीले आफ्नो मानवीय ब्यवहार बिर्स्यो र महिला माथी पुरुष प्रहरीले अमानवीय व्यवहार गर्न थाल्यो ।

अहिले उक्त भिडियो र फोटोहरु सामाजिक संजालमा भाइरल छन भने प्रहरी को उक्त कदम प्रती आक्रोश को अहिरो लागेको छ । प्रहरीले सबैलाई सडकमा लछारपछार गर्दै नियन्त्रणमा लिएको बुझिएको छ । मृतक आरतीका लागि न्याय माग्दै सिंहदरबार दक्षिण गेट पुगेका पीडितका परिवार र आफन्तमाथि धरपकड गरेको प्रहरीले १८ जना पुरुष र २ जना महिलासहित २० जनालाई नियन्त्रणमा लिएको हो ।


कानुनले प्रष्ट भन्छ महिला लाई पुरुष प्रहरीले नियन्त्रणमा लिन सक्दैन । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ (११) मा भनिएको छ, ‘ यस दफा बमोजिम कुनै महिलालाई पक्राउ गर्नु परेमा यथासम्भव महिला प्रहरीद्वारा पक्राउ गर्नु पर्नेछ । तर पक्राउ गर्नु पर्ने अवस्थामा तत्काल महिला प्रहरी उपलब्ध नभएमा निजको इज्जत वा प्रतिष्ठामा आँच नआउने गरी महिलाको शारीरिक संवेदनशिलताको सम्मान गर्दै पुरुष प्रहरी कर्मचारीले पक्राउ गर्न वाधा पर्ने छैन ।’

घटना के हो ?

गत ७ जेठमा आफ्नै घरमा मृत भेटिएकी आरतीको हत्या भएको गरिएको भन्दै पीडितका आफन्तले घटना भएको तीन महिना हुन लाग्दा पनि न्याय नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

आरती हत्याको आरोपमा, परेको जाहेरीको आधारमा श्रीमान् जनकपुरधाम उपमहानगरपालिका ९ थापाचोकका मोतीबाबु साह र ससुरा मदन मोहन अहिले पुर्पक्षका लागि थुनामा छन्। बाबुछोरालाई नै गत असार ५ गते जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। हत्या आरोपमा आरतीको माइती पक्षले उनको श्रीमान, ससुरा मदनमोहन, सासु रेनु देवी र देवर रवि साहविरुद्ध ज्यानसम्बन्धी मुद्दामा किटानी जाहेरी दिएका थिए।

आरतिको सिंगो परिवारका सदस्यलाई बयानको लागि बोलाएर यातना दिएको भन्दै धनुषाका प्रहरी प्रमुख (एसपी) र डीएसपीसहित प्रहरीहरूविरुद्ध पनि मृतकका आफन्तले गत असारमा किटानी जाहेरी दिएका छन् ।

तर प्रहरीले आरतीका आफन्तलाई उनले आत्महत्या गरेको भन्दै आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गर्न दबाब दिएको थियो ।

तर माइती पक्षले भने आरतीले आत्महत्या गरेको नभएर उनको घरमै हत्या भएको भन्दै कर्तव्य ज्यान मुद्दा चलाउने अडान राखेपछि मात्रै प्रहरीले घटनाको अनुसन्धान थालेको थियो। अनुसन्धानमा मृतकको पति र ससुराको मात्र संलग्नता देखिएको भन्दै दुवैविरुद्ध असार १  गते ज्यानसम्बन्धी मुद्दा दर्ता गरेको थियो।

दुई वर्ष अगाडि विवाह भएको आरतीलाई पटक पटक थप दाइजो माग्न उनको पति मोतीबाबु साहको परिवारले दबाव दिदै आएको र आरतीलाई दाइजोकै कारण हत्या गरेको आरतीको माइती पक्षको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।