२०८१ भाद्र २३ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

वीरगञ्ज । सर्लाहीको सदरमुकाम मलंगवामा दुई समुदायबीच भएको झडपको हप्तौं नबित्दै फेरि झडप भएको छ। आज (बिहिबार) पनि सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर ३ स्थित गणेश चतुर्थीको मुर्ति सेलाउन जाने क्रममा झडप भएपछि अवस्था तनावग्रस्त बनेको छ। झडप नियन्त्रण गर्ने ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

झडपको क्रममा केही व्यक्ति घाइते समेत भएको र उपचारको लागि प्रदेशिक अस्पताल मलंगवामा पठाइएको स्थानीय बताए।

केही दिन अगाडि भएको झडप पस्चात दुई समुदायका बिच सदभाव कायम गर्न रैलि समेत निकालिएको थियो तर आज पुनः झडप भएको छ ।

स्थिति तनावग्रस्त हुन सक्ने भन्दै अनिश्चितकालको लागी प्रशासनले कर्फ्यु जारी गरेको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारीले आज राति १० बजे देखि अनिश्चितकालका लागी मलंगवामा कर्फ्यु जारी गरेका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।