२०८१ आश्विन ५ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा समावेश हुने मन्त्री र मन्त्रालयको भागबन्डा लगाउनका लागि सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ ।

आज सपथ गराउने तयारीका साथ प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बसिरहेको हो । सो गठबन्धनको बैठकको निर्णय पछि आजै नयाँ मन्त्रीहरुको सपथ ग्रहण हुनेछ ।

Vivo Y28

बालुवाटारमा हिजो बसेको बैठकमा सरकारमा सहभागी हुने ९ दलबीच २१ मन्त्रालयमा सहमति भएको नेताहरूले बताईसकेका छन् । जसअनुसार नेकपा माओवादी केन्द्रलाई प्रधानमन्त्रीसहित ५, नेपाली कांग्रेसलाई  ८, नेकपा एकिकृत समाजवादीलाई २, जनता समाजवादी पार्टी नेपाललाई २, जनमत पार्टीलाई राज्यमन्त्रीसहित २, लोकतान्त्रिक जनता पार्टी नेपाललाई १, नागरिक उन्मुक्ति पार्टीलाई १, आम जनता पार्टीलाई १ र नेपाल समाजवादी पार्टीलाई १ मन्त्रालय दिने सहमति भएको बताइएको छ ।

 

तर, नेकपा एसले तीन मन्त्रालयमा दावी गरेको तथा राष्ट्रिय स्वतन्त्र पार्टीले भागबन्डा नपाएको मात्रै होइनन, कुन पार्टीले कुन कुन मन्त्रालय पाउने भन्नेमा निर्णयमा नपुगे पछि आज बिहान पुनः सत्तारुढ गठबन्धनको बैठक बसेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।