२०८१ आश्विन ५ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं – नेपाली बजारमा भेस्पा र अप्रिलिया स्कुटर बिक्री–वितरण गरिरहेको दुगड ग्रुप अन्तर्गतको दुगड ब्रदर्स एन्ड सन्सबाट डिलरसिप खोसिएको छ । अब सो समूह यी दुई स्कुटर ब्रान्डको नेपालका लागि आधिकारिक बिक्रेता हुने छैन ।

पहिले डी–लाइफ स्टाइल आधिकारिक वितरक रहेकोमा दुगड ग्रुपले यी दुई ब्रान्डको डिलरसिप आफू मातहत ल्याएको थियो । तर हाल दुगड समूहबाट समेत यो ब्रान्ड खोसिएको छ ।

मोबाइल र अन्य व्यवसायमा संलग्न भिमसरिया ग्रुप अब यी दुई ब्रान्डको आधिकारिक वितरक भएको छ । सो समूहले समेत आफूहरु आधिकारिक वितरक तोकिएको पुष्टि गरेको छ ।

यो भन्दा पहिले रोयल इन्फिल्ड मोटरसाइकलको डिलरसिप पनि दुगड ग्रुपबाट त्रिवेणी ग्रुप अन्तर्गतको अल्फा अटोमोटिभले लिएको थियो ।

Vivo Y28

नेपाली बजारमा हाल भेस्पा र अप्रिलिया स्कुटर तुलनात्मक रुपमा राम्रै चलेको ब्रान्डमा पर्छन् । यद्यपि बजार व्यवस्थापन लगायतका कार्य सन्तोषजनक नभएको गुनासो भने सुनिने गरेको थियो ।

-Nepalauto

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।