२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज-आइबार_ कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिका धेरै थानमा अतिवृष्टि हुने सम्भावना रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा पोखरा, वीरेन्द्रनगर,काठमाडांैलगायत मधेश प्रदेशमा भारी वर्षा भएको जनाएको छ । विभागले मनसुनको न्यूनचापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिकै सरेकाले दिउँसो देखि भोलिसम्म अझै धेरै पानी पर्ने अनुमान गरेको हो । 

हाल देशभर सामान्य देखि पुर्ण बदली रहेको छभने कोशी, बागमती, गण्डकी, लुम्बिनी  प्रदेशका केही र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर मौसम पूर्ण बदली रहनेछ भने देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै,साथै मधेश प्रदेशको एक–दुई स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेकोले महाशाखाले सर्तकता अपनाउन आग्रह गरेको छ ।

Vivo Y28
Daraz

राति देशभर मौसम सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको प्रक्षेपण महाशाखाले गरेको छ ।

पछिल्लो २४ घण्टामा कास्कीमा अति भारी वर्षा भएको महाशाखाले जनाएको छ । कास्कीको पोखरामा मात्रै १२२ दशमलव ७ मिलिमिटर वर्षा मापन भएको छ । त्यसपछि जनकपुरमा ७७ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । यस्तै,विरेन्द्रनगरमा ७५ दशमलव ८, काठमाडौमा ४९ दशमलव ९,ओखलढुंगामा ३६ दशमलव २ तथा नेपालगञ्जमा २७ दशमलव ३ मिलिमिटर वर्षा मापन गरिएको छ ।

उक्त क्षेत्र भएर बग्ने ठूला नदी तथा खोलामा जल सतह उच्च हुने हुँदा बाढी,पहिरो र डुवानबाट जोगिन महाशाखाले सबैलाई उच्च सर्तकता अपनाउँन भनेको छ । साथै,सडक मार्गको प्रयोग गर्दा पूर्व सूचना लिएर मात्रै यात्रा गर्न पनि आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।