२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष को कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डको आज बसेको बैठकले परिक्षाको नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त परीक्षाको नतिजा आज सार्वजनिक भ​एको हो । करिब साढे ४ लाख विद्यार्थी परीक्षामा सहभागी भएका थिए । एक हजार ४ सय ५३ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो ।

Vivo Y28
Daraz

लेटर ग्रेडिङ निर्देशिकामा संशोधन गरेर जुन विषयमा एनजी हुन्छ त्यही विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । यसअघि दुई भन्दा बढी विषयमा एनजी आए अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यता थियो ।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजामा  ६ हजार ९७६ जनाले ३.६१ देखि ४ जीपीए ल्याएका छन् ।

नतिजा अनुसार गत वर्ष भन्दा यस वर्ष३.६१ देखि ४ जीपीए  ल्याउने विद्यार्थी ०.७२ प्रतिशतले बढी छन् ।३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या ३८ हजार ९९९ रहेको छ।

परीक्षा बोर्डले माथिल्लो जीपीए ल्याउने विद्यार्थीको संख्या बढेको बताएको छ। कूल परीक्षार्थीमध्ये ४९.०९ प्रतिशत ननग्रेडेड भएका हुन् । जन अनुसार कूल ३ लाख ७२ हजार ६ सय ३७ परीक्षार्थीमध्ये १ लाख ८२ हजार ९ सय २६ विद्यार्थी ननग्रेडेड भएका हुन्

यसरी हेर्न सकिन्छ नतिजा

कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइड र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरेको छ ।त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि लभद लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नं मा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।