काठमाडौँ । आज सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेर तोलामा एक लाख १२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन तोलामा एक लाख १२ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तैगरी, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको महासङ्घले जनाएको छ । चाँदी तोलामा एक हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।