काठमाडौं । काठमाडौंको बल्खुमा दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप भएको छ ।
बल्खुमा दुर्गा प्रसाइको सम्बोधन सकेर प्रदर्शन गरिरहेकाहरु प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो ।
बल्खुको अहिलेको स्थिति तनावग्रस्त बनेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले आश्रुग्यास प्रहार सहित हवाई फायर गरेको छ ।