काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराई सवार गाडी पहिचानवादीहरूले तोडफोड गरेका छन्।
पहिचानवादीहरूले ताप्लेजुङ सदरमुकाम फुङलिङमा भट्टराई सवार गाडीमाथि ढुंगामुढा गर्दा सिसा फुटेको छ ।
उनको गाडी सदरमुकाम मा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका निमित्त प्रमुख प्रहरी निरीक्षक कमल लुङ्गेलीले पुष्टि गरे ।