काठमाडौँ । प्रतिनिधिसभाको बैठक १५ मिनेटको लागी स्थगित भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।
बैठक शुरु हुनासाथ कांग्रेसले सहकारी ठगि प्रकरणमा संलग्न देखिएका रवि लामिछानेमाथि कारवाही नभएको भन्दै संसदीय छानबिन समिति गठन गर्न माग गरेको थियो ।