२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सत्ता समीकरणले देशलाई ओरालो लाग्नबाट रोक्ने बताएका छन ।

बिहीबार नेकपा एमाले ताप्लेजुङको पार्टी कार्यालय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सत्ता समीकरणमा नेकपा एमाले पनि भएकोले देशलाई ओरालो लाग्न नदिने बताएका हुन ।

Vivo Y28
Daraz

एमालेको प्रधानमन्त्री र एमालेको एकल सरकार हुँदा जस्तो काम गर्न नसकिए पनि अहिलेको सरकाले देशलाई बरबादीमा जानबाट भने जोगाएको ओलीले दाबी गरे ।  ‘अब ओरालो लाग्ने क्रम रोकियो देशको, त्यो ओरालो लाग्ने क्रम रोकिएको छ, अब देश ओरालो लाग्दैन’, ओलीले भने ।

हिजो गठबन्धन सरकार हुँदा विकास निर्माणका काम ठप्प भएका बताउँदै ओलीले ती काम अब अगाडि बढ्ने आश्वासन दिनुभयो । सरकारले रोकिएका विकास निर्माणका काम फेरि अगाडि बढाउने ओलीले बताए ।

एमाले सरकारबाट हटेपछि विकास निर्माणका काम रोक्ने र राष्ट्रियतालाई कमजोर बनाउने काम भएको ओलीले बताए । ‘हामीलाई सरकारबाट हटाउने जुन तिकडम भयो, षडयन्त्र भयो, जालझेल भयो, त्यो सबै कुरा यो देशलाई अगाडि बढ्न नदिने उद्देश्यका साथ भएको थियो, यो देशको राष्ट्रियतालाई कमजोर पार्ने उद्देश्यका साथ भएको थियो’, ओलीले भने ।

ओलीले मिसन २०८४ बाट एमालेलाई राष्ट्रिय शक्ति बनाउनु पर्ने बताए । त्यसले राष्ट्रियतालाई बलियो बनाउने र विकास र समृद्धिको गति अघि बढ्ने उनको भनाइ छ । एमालेलाई सानदार बहुमतसहितको निर्णायक शक्तिको रूपमा अघि बढाउनु पर्नेमा उनको जोड रहेको छ ।

एमालेले राष्ट्रियतालाई बलियो बनाउने, मिचिएको भू–भागलाई देशको नक्सामा ल्याउने, कहिल्यै पनि नाकाबन्दी नलाग्ने अवस्था सिर्जना गर्ने, नेपाललाई सार्वभौमसत्ता सम्पन्न मुलुकको रूपमा स्थापित गर्ने काम गरेको उनले स्मरण गरे ।

 

राष्ट्रियता, विकास, सुशासनको गति रोक्न एमाले विरुद्ध षडयन्त्र भएको बताउँदै ओलीले त्यसलाई एमालेले असफल गराइदिएकोसमेत उनले बताए । उनले बैशाख १५ गते हुने इलाम–२ को प्रतिनिधि सभा र बझाङको प्रदेश सभा निर्वाचनमा एमालले जित्ने र जित्नु पर्ने बताए । अब एमालेले सबै ठाउँमा जित्दै जाने उनको दाबी रहेको छ ।

एमाले नेता कार्यकर्तालाई देशलाई शिरमा राखेर काम गर्न पनि ओलीको आग्रह रहेको छ । त्यसो गरियो भने मात्र मिसन २०८४ सफल हुने ओलीको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।