बारा । ट्यांकरको ठक्करबाट बारामा एक प्रहरीको मृत्यु भएको छ ।
जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–२ सञ्चार नजिकै सोमबार राति ना ७ ख ३०२६ नम्बरको ट्याङ्करले पछाडिबाट ग १४ प ५९७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार प्रहरी जवानको मृत्यु भएको हो ।
मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान २९ वर्षीय दिनेश परियार छन । उनको उपचारको क्रममा परवानीपुरस्थित एल.एस. न्युरो हस्पिटलमा मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।