२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो नाममा फेक धितो ऋण खाता खोलेर ऋण प्रवाह भएको देखाइएको प्रतिक्रिया दिएका छन् ।

मंगलबार साँझ सामाजिक सञ्जालमार्फत लामिछानेले आफ्नो नाममा फेक धितो ऋण खाता खोलेर ऋण प्रवाह भएको देखाइएको बताएका हुन् ।

Vivo Y28
Daraz

साथै लामिछानेले के जीबी राईका सारा बदमासीको ठेक्का मैले  लिनु पर्ने हो ? भन्दै प्रश्न समेत गरेका छन् । उनले आफ्नो पोष्टमा अनुसन्धानले सुप्रिम सहकारीमा ठगि गरेको कुनै प्रमाण अनुसन्धानबाट पुष्टि नभएको समेत दाबि गरेका छन् ।

उनले भनेका छन्-

के अभियोगपत्रमा मैले गैरकानुनी ऋण लिएको भन्ने पुष्टी भएको छ र?अभियोगपत्रमा गोरखा मिडिया नेटवर्क प्रा.लि.मा तत्कालिन समयमा शेयरधनी रहेको वाहेक रवि लामिछाने भन्ने व्यक्तिले सुप्रिम सहकारी ठगी गरेको भन्ने कुनै प्रमाण कागजातहरूबाट पुष्टी भएको कतै  केही छ ? म जीबी राई ले ल्याएको लगानीको आम्दानीको श्रोत हेर्ने अधिकारी थिए कि, ऋण माग कर्ता थिए कि, ऋण दिने सहकारीको आधिकारिक ब्यक्ति थिए ? कि म दुई चार करोड ठग ठाग गरेर जीवन धान्न पर्ने हैसियतहिन मान्छे हुँ ?

उनले आफु सहकारी ठगिमा कहिँ कतैबाट नजोडिएको र नदेखिएको प्रमाणले पुष्टि गरेको बताउदै प्रहरीको अनुसन्धानलाई  प्रभावमा पार्ने काममा नलाग्न समेत आग्रह गरेका छन् ।

उनले भनेका छन्-

म सहकारी ठगी कार्यमा कहि कतैवाट नजोडिएको र नदेखिएको प्रमाण सहितको तथ्य पुष्टी हुदाहुदै प्रहरीको अनुसन्धान र अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्ने कार्यमा नलाग्न सबैलाई अनुरोध गर्दछु ।

बुटवल स्थित सुप्रिम सहकारी ठगि प्रकरणको अनुसन्धान गरेको प्रहरीले रबि लामिछानेको नाममा २ करोड ऋण लिइएको र सो ऋण लिदा प्रकृया नपुर्याइएको उल्लेख गरिएको छ । तर प्रहरीले दायर गरेको मुद्धामा लामिछानेलाई प्रतिवादी नबनाएपछि चौतर्फी आलोचना भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।