काठमाडौं । आज सुनको मुल्य घटेको छ । आज छापावाल सुन तोलामा ६०० ले घटेर १ लाख ३८ हजार ६०० मा कारोबार भैरहेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य तोलाको १ लाख ३७ हजार ९५० रुपैयाँमा कारोबार भैरहेको छ ।
आज चाँदीको मुल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला १७ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।