काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) मा आएको बाढीमा परी एक जना नेपालीको मृत्यु भएको छ ।
यूएईमा दुई दिनदेखि परेको अविरल वर्षाका कारण बाढी आइरहेको छ ।
यूएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक एक नेपाली बाढीमा परेको आबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ ।
मृत्यु हुनेमा भरतपुरका मोहन पुन रहेका छन् ।