२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले डकर्मी तालिमका लागि आवेदन आह्वान गरेको छ ।  ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमअर्न्तगत ‘सिप मेला २०८१’ मा डकर्मी सम्बन्धी आवेदन खुला गरेको हो ।

महानगरपालिका क्षेत्रभित्र बसोबास गर्ने स्थायी र करदाता, फोहर ब्यवस्थापन क्षेत्र ल्याण्डफिल साइट प्रभावित क्षेत्रमा बसोबास गर्नेलाई प्राथमिकतामा राखेको महानगरले जनाएको छ ।

Vivo Y28
Daraz

साथै महानगरले सबै नेपाली नागरिक सबैलाई अवसर दिइने बताउदै बेरोजगार, युवायुवती, महिला, पुरुष, रोजगारी गुमाएर बसेकाहरु, विदेशबाट सिप सिकेर तथा काम गरेर फर्केकाहरु, अहिले काम खोज्दै गरेका व्यक्तिहरु सबैले तालिम लिन सक्ने बताएको छ । यो तालिम नि:शुल्क भएको र तालिम टुँडिखेलमा हुने महानगरले बताएको छ ।

सामान्य लेखपढ गर्न सक्ने, १८ बर्ष पूरा भएको नेपाली नागरिकले आवेदन दिन सक्ने र आवेदन दिदा नागरिकताको फोटोकपी र पासपोर्ट साइजको फोटो २ प्रति ल्याउन महानगरले जानकारी दिएको छ ।

महानगरले हाल जारी रहेको सीप मेलास्थल टुंडिखेलमा गएर आवेदन दिन सकिने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।