२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

हेटौँडा | बागमती प्रदेशको राजधानी हेटौँडामा पछिल्लो समय गर्मी र बिजुलीको समस्याले जनजीवनलाई कष्टकर बनाएको छ। अत्यधिक गर्मीका कारण  बिहिबारदेखी   शैक्षिक संस्थाहरू बन्द गर्नुपरेको छ भने बिद्युत प्राधिकरणबाट पटक-पटक बिजुली कटौती गर्ने गरिएकोले जनजीवन झन् त्रसित बनेको छ।

गर्मीको मार झेल्न नसक्ने अवस्थामा पुगेपछि हेटौँडा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू दुईदिन बिदा दियो । विगतका केही वर्षयता नै गर्मीको समस्याले शिक्षा क्षेत्रलाई प्रभाव पारिरहेको भए पनि यस वर्ष गर्मीको मात्रा अत्याधिक बढेको छ।

Vivo Y28
Daraz

अत्याधिक गर्मीका कारण विद्यार्थीहरूलाई पठनपाठनमा असहज मात्र होइन धेरै विद्यार्थीहरू बिरामी समेत परेका छन्। गर्मीले विद्यालयमा पठनपाठनको वातावरण नै अनुपयुक्त बनाएको छ। विद्यार्थी, अभिभावक र शिक्षकहरूबाट विद्यालय बन्द गर्न अनुरोध आएपछि उपमहानगरले वर्षे बिदाबाट केही दिन कट्टी गरी विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

गर्मीकै समस्याले जनजीवन कष्टकर बनिरहेको समयमा बिद्युत प्राधिकरणले छिन-छिनमा बिजुली कटौती गरेर झन् समस्या थपेको छ। पछिल्लो दुई साताको अवधिमा हेटौँडा र आसपासका क्षेत्रमा बिधुत प्रसारण अनियन्त्रीत जस्तै बनेको छ ।

दिनमा ३५ पटकभन्दा बढी बिजुली जाने आउने समस्या यहाँका बासिन्दाले भोगिरहेका छन्। “झ्याप आउने झप जाने” बिजुली कटौतीले इलेक्ट्रोनिक सामग्रीहरू बिग्रने समस्या पनि उत्पन्न भएको छ।

हेटौँडावासीले गर्मी र बिजुलीले जनजीवनलाई कष्टकर बनाएको गुनासो गरिरहेका छन्। विद्यार्थीहरूको पढाइमा समस्या आएको छ भने गर्मीका कारण विभिन्न शारीरिक समस्याहरू पनि देखिन थालेका छन्। घरभित्र नै गर्मी सहनलायक बनेको छैन भने बिजुलीको अभावमा झन् समस्या बढेको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।