२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । ‘मिस सुप्रानेसनल नेपाल २०२४’ की विजेता सजिना खनाल नेपालको प्रतिनिधित्व गर्दै पोल्यान्ड उडेकी छिन् । पोल्यान्डमा १८ जुनबाट आयोजना हुने ‘मिस सुप्रानेसनल’ मा सहभागी हुन उनी आइतबार बिहान त्यसतर्फ गएकी हुन् ।

सजिनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘मिस्टर एण्ड मिस नेसनल’का राष्ट्रिय आयोजक डाक्टर सन्तोष उपाध्यायले बिदाई गरेका थिए । सजिनाले पोल्याण्ड जानुअघि फेसबुकमा आफ्नो देश नेपाललाई ‘मिस सुप्रानेसनल’मा प्रतिनिधित्व गराउने अविश्वसनीय यात्रा सुरु भएको उल्लेख गरेकी छिन् ।

Vivo Y28
Daraz

‘मिस सुप्रानेसनल’ को फिनाले आगामी ६ जुलाईमा हुँदैछ । ‘मिस सुप्रानेसनल’ को १५ औँ संस्करणमा ७३ देशका प्रतिस्पर्धी सहभागी हुँदैछन् । सर्लाहीकी सजिनाले गत चैत २२ गते ‘मिस सुप्रानेसनल नेपाल २०२४’ को उपाधि जितेकी थिइन् । यसअघि सजिनाले श्रीलंकामा भएको ‘मिस वल्र्ड टुरिजम २०२३’ को सह–विधा ‘मिस एलिगेन्स’को उपाधि जितेकी थिइन् ।

आगामी ४ जुलाईमा पोल्यान्डमै ‘मिस्टर सुप्रानेशनल’को फिनाले हुँदैछ । जसमा सहभागी हुन ‘मिस्टर सुप्रानेसनल नेपाल’ धिरजकाजी बस्नेत पनि यसै साता पोल्यान्ड जाँदैछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।