२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । टी–२० विश्वकपमा वेष्टइन्डिजले अफगानिस्तानलाई १०४ रन अन्तरले परिाजित गरेको छ । आज भएको आफ्नो समूह चरणको अन्तिम खेलमा वेष्टइन्डिजले सबैभन्दा ठूलो रन अन्तरले जारी विश्वकपमा जीत निकालेको छ ।
२१९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १६ ओभर दुई बलमा ११४ रन बनाए अलआउट भयो ।

अफगानिस्तानका इब्राहिम जद्रानले ३८, अजमतुल्लाह उमरजईले २३, राशिद खानले १८, करिम जन्नतले १४ रन जोड्नु बाहेक अन्यले दोहोरो अंक बनाउन सकेनन् । अफगानिस्तानलाई सस्तैमा रोक्न वेष्टइन्डिजका ओबेद म्याककोयले सर्वाधिक तीन विकेट लिए । यस्तै, मुडाकेश मोती र अकिल हुसैनले दुई÷दुई तथा आन्द्रे रसेल र अल्जारी जोसेफले समान एक÷एक विकेट दिलाए ।

Vivo Y28
Daraz

त्ययसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्टइन्डिजले निकोलस पुरनको आक्रामक ब्याटिङमा २१८ रनको ठूलो स्कोर खडा गरेको थियो । पुरणले ५३ बलमा ९८ रनको उम्दा प्रर्दशन गरे भने, जोनसन चार्ल्सले ४३, शाई होपले २५, रोभम्यान पावेलले २६ रन बनाए ।

अफगानिस्तानका गुलबदिन नाबीले २, नवीन उल हक र फजलहक फारुकीले समान एक÷एक विकेट लिए ।
समूह सीबाट वेष्टइन्डिज र अफगानिस्तान दुवै सुपर–८ मा पुगिसकेका छन् । सुपर–८ को समूह २ मा रहेको वेष्टइन्डिजले इंग्ल्याड अर्को चरणको पहिलो खेल खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।