२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । चोरीमा संलग्न रहेको अभियोगमा चार जनालाई काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले बुधबार पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा वैतडी डोगडा केदार गाउँपालिका-२ घर भई काठमाडौं कलंकी बस्ने २३ वर्षीय निराजन महरा, भारत हावडा घर भई काठमाडौं संकटा बस्ने २८ वर्षीय सुजित कर, भारत मोतिहारी घर भई काठमाडौं ओमवहाल बस्ने ३० वर्षीय सेफ अलि आलम र काभ्रे भुम्लु गाउँपालिका-३ घर भई काठमाडौं कलंकी बस्ने २२ वर्षीया मोनिका लामा रहेका छन् ।

Vivo Y28
Daraz

टोखा नगरपालिका-७ बसुन्धरा नमुनाटोल डेरा गरी बस्ने स्याङ्जा घर भएकी ४८ वर्षीया पुष्पा भण्डारी उपाध्यायको कोठाबाट सुनका विभिन्न गरगहना तथा नगद गरी २५  लाख ४ हजार ९ सय रूपैयाँ बराबरको धनमाल गत जेठ २७ गते दिउँसो चोरी भएको घटनाको अनुसन्धानको क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

साथै अनुसन्धानको क्रममा जेठ २७ गते काठमाडौं कलंकी डेरा गरी बस्ने मनिष पौडेलको कोठाबाट ल्याप्टप तथा महत्वपूर्ण कागजपत्रहरू, काठमाडौं महाराजगंजस्थित विशेष प्याकुरेलको घरबाट नगद, ल्याप्टप तथा अन्य कागजपत्रहरू र असार २ गते दिउँसो काठमाडौं नागार्जुन स्युचाटार बस्ने आकाश खड्काको डेरा कोठाबाट ल्याप्टप तथा अन्य धनमाल समेत चोरी भएको खुल्न आएको छ । 

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।