२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । कैलालीमा बुधबार बिहान चट्याङ लागेर ३ बालिका गम्भीर घाइते भएका छन्। घोडाघोडी नगरपालिका–९ बुदेनी बस्ने तीन बालिका बिहान विद्यालय जाँदै गर्दा चट्याङ लागेर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलाली प्रहरीले जनाएको छ ।

घाइते हुनेमा १० वर्षीया खिमा कठात, ९ वर्षीया सरस्वती भुल र ७ वर्षीय पारु कठात रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एपसी) पदमबहादुर बिष्टले जानकारी दिएका छन् ।

Vivo Y28
Daraz

‘मोहन्याम आधारभूत विद्यालय बुदेनीको गेट नजिक उहाँहरुलाई चट्याङ लागेको रहेछ उपचारका लागि घोडाघोडी अस्पताल लगिएको छ । तीनै जना गम्भीर हुनुहुन्छ, बाँकी विवरण आउन केही समय लाग्छ’ बिष्टले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।