२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पन्तले संविधानले विश्वासको मत लिन एक महिनाको समय दिएपनि नैतिकताको आधारमा प्रचण्डले प्रधानमन्त्रीको पद छाड्नुपर्ने बताएका हुन् ।

Vivo Y28
Daraz

उनले भने, ‘कानूनी कुराहरु संविधानमा लेखिएको हुन्छ । नैतिक कुरा संविधानमा लेखिएको हुँदैन । यद्धपी संविधानलाई उहाँले समय दिएको छ । विश्वासको मत लिन्छु भन्ने अधिकार दिएको छ । तर नैतिक पक्ष त्यो होइन ।  अत्याधिक रुपले बहुमत गुमाईसकेपछि प्रधानमन्त्रीले राजीनामा गर्नु उपयुक्त हुन्छ ।’

लोकतन्त्र संविधान र कानून अनुसार मात्र नचल्ने उल्लेख गर्दै उनले नेताहरुले नैतिकता पनि देखाउन आवश्यक रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।