२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी नबनाइएका बेचन झालाई वर्तमान सरकारले नियन्त्रणमा लिएपछि राजनीतिक चलखेल सुरु भएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सुशासन भ्रष्टाचारको विरुद्धमा लागेको सरकारलाई विश्वासको मत फिर्ता लिएर चलखेल सुरु भएको भन्दै आगामी सरकारलाई पनि बेचन झाहरुले चैन नदिने टिप्पणी गरे ।

Vivo Y28
Daraz

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएपनि एक वर्ष अगाडि पेस गरिएको अभियोग पत्रमा प्रतिवादी नबनाइएका बेचन झालाई जब वर्तमान सरकारले नियन्त्रण लियो त्यसपछि राजनीति बेचैनीहरु सुरु भयो । जब सरकारले अभियोग पत्रमा प्रतिवादी नबनाइएका झालाई समात्यो तब राजनीतिक चलखेल सुरु हुन थाल्यो ।’

उनले भने,‘सुशासन भ्रष्टाचारको विरुद्धमा लागेको सरकारलाई विश्वासको मत फिर्ता लिएर आज जुन खालको चलखेल सुरु भएको छ । म नेपाल सरकारलाई आग्रह गर्न चाहन्छु । बेचन झाहरुको केसलाई अगाडि बढाइयोस् र आगामी सरकारलाई पनि बेचन झाहरुजस्ताले चैन दिने छैनन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।