२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौ । राष्ट्र निर्माणमा सबैभन्दा महत्वपूर्ण भूमिका युवाले खेल्नसक्ने आवश्यकतालाई औल्याउँदै युवा केन्द्रीत तीन दिवसीय सेमिनार हुने भएको छ । बिश्व शान्ति तथा एकिकृत परिवार संघको आयोजनामा यही असार २७ गते देखि २९ गते सम्म सेमिनारको आयोजना हुन् लागेको हो ।

राष्ट्र निर्माणमा युवाहरुको भूमिकाका सन्दर्भमा नेतृत्व बिकास, चरित्र निर्माण, ब्यक्तित्व बिकास स्थायी शान्तीको लागि पहलकदमी, दन्द्ध ब्यवस्थापन तथा आर्थिक बिकासका बारेमा छलफल हुनेछ । काठमाडौ महानगरपालिका बडा नं १ को सहकार्यमा हुन लागेको सेमीनारमा राष्ट्रिय विकासको लागि बढ्दो अर्थव्यवस्थामा युवाहरूको सहभागिता आवश्यक रहेको सन्दर्भमा पनि सेमिनारमा छलफल हुने कार्यक्रमका संयोजक बिरेन्द्र श्रेष्ठले जानकारी दिए ।

Vivo Y28
Daraz

श्रेष्ठका अनुसार युवाहरू देशको सबैभन्दा ठूलो शक्ति भएको र उनीहरुले राष्ट्रको दिगो विकासको लागि उनीहरूलाई सक्षम र पर्याप्त योगदान पुर्याउन र सशक्त बनाउन महत्वपूर्ण प्रयासहरू भएकाले आयोजना गरिएको सेमिनारको सहसंयोजक कामना भुसालको भनाई छ ।

सेमिनारमा अन्तर्राष्ट्रिय प्रशिक्षक रिचेल हालिपा, लेखक ,काशिनाथ खनाल एफएफडब्लु पीयु साउथ एसियाको अध्यक्ष सन्तोष कुमार पौडेल, प्रकाशबाबु थापा लगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको संयोजक बिरेन्द्र श्रेष्ठले जानकारी दिए । पीस एम्बीसी भवन नक्सालमा हुने कार्यक्रममा पूर्वमन्त्री एवंम् संघीय सासद एकनाथ ढकालले बिशेष प्रशिक्षण दिने कार्यक्रममा छ ।
सेमिनारमा युपीएफ, नेपाल, तङ्ग इल मोदो संघ, बिश्व शान्ति महिला संघ लगायतको संघ संस्थाले सहयोग गरेका छन् । सेमिनारमा काठमाडौ उपत्यकाका १६ देखि ४० बर्ष सम्ममा युवा युवतीहरुको सहभागिता रहने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।