रौतहट । रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माधवनारायण नगरपालिका–९ बस्ने २४ वर्षीया रिङकु देवी सहनी रहेको प्रहरीले जनाएको छ ।
गढिमाई नगरपालिका–७ धनाडीस्थित लागेको माहाबिरी झण्डा मेलामा जडान गरेको विद्युतको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको गरूडास्थित बेटर नेपाल मल्टी स्पेस्लिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।