२०८१ कार्तिक २९ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

बारा । विश्व प्रसिद्द बाराको गढिमाई मन्दिरमा करिब १० लाख भेटि संकलन भएको छ । असोज १७ गते घटस्थापनाका दिन देखि शनिबार सम्मको प्राप्त भेटी खोलिएको हो ।

मन्दिरको प्रांगणमा राखिएका ४ वटा दान पेटिकाबाट रु ७ लाख ३५ हजार ३४१ नगद र रसिदमार्फत रु २ लाख ३१ हजार ७२ गरी जम्मा रु ९ लाख ६६ हजार ४१३ संकलन भएको गढिमाई पञ्चवर्षिय मेला व्यवस्थापन मुल समितिका अध्यक्ष एवम महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवले  जानकारी दिए ।

Vivo Y28

उक्त दान पेटिबाट भारतिय, अमेरिकी डलर, कतारी र मलेसियन रुपैयाँ समेत भेटिएको मेयर यादवले जानकारी दिए । उनका अनुसार ७ थान सुनका गहना र २६ थान चाँदीका गहना पनि प्राप्त भ​एको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।