२०८१ कार्तिक २९ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले देश कसरी डुबेको भनेर हेर्न सिंहदरबारभित्रको सरकारी वैद्यखाना हेर्दा पुग्ने बताएका छन्।

बुधबार धन्वन्तरि जयन्ती तथा राष्ट्रिय आरोज्ञ दिवस २०८१ को अवसरमा सिंहदरबार वैद्यखाना विकास समितिको ३०औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन । “अहिले देश किन र कसरी डुब्यो, समस्या के हो भन्ने हेर्न मन भए सिंहदरवार वैद्यखाना हेरे पुग्छ”, उनले भने, “९० प्रतिशत सरकारी उद्योग कि त भाडामा दीन्छ, भाडामा दिन सकिएन भने निजी संस्थाको प्रभाव र दबाबमा आएर त्यसलाई डुबाइन्छ ।”

Vivo Y28

मेयर बालेनले आफू वैद्यखाना परिसरमा हुर्केको आफ्नो बाल्यकालको स्मरण गर्दै यस संस्थाको व्यवस्थित सञ्चालन र विकासका लागि सरोकारवाला सबैको ध्यानाकर्षण गराए । “पहिले यही ठाउँमा धेरै स्थान खाली थियो, औषधि उत्पादन धेरै हुन्थ्यो, अहिले जताततै भवन छन्, औषधि उत्पादन चाहिँ कम छ”, उनले भने, “२०५८।५९ सालमा यहाँको बजेट रु। पाँच करोड थियो, अहिले एक करोड छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।