काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का भारत प्रस्थान गरेका छन ।
सातौँ अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा भाग लिन मन्त्री खड्का आज दिउँसो ३ बजे नयाँदिल्ली प्रस्थान गरेका हुन । नयाँदिल्लीमा नोभेम्बर ३ देखि ६ तारिखसम्म उक्त सम्मेलन आयोजना हुने छ ।
उक्त सम्मेलनमा भाग लिन मन्त्री खड्कासँगै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारी, विद्युत विकास विभागका महानिर्देशक नवीनराज सिंह र मन्त्री खड्काका आर्थिक सल्लाहकार अमित श्रेष्ठसमेत भारत प्रस्थान गरेका छन ।