काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज पुनः म्याद थपका लागि अदालत उपस्थित गराइँदैछ ।
सम्पत्ति शुद्धीकरण र सहकारीको रकम अपचलनमा अनुसन्धान गरिरहेको प्रहरीले उनलाई आज म्याद थपको लागि जिल्ला अदालत कास्कीमा लगिने भएको हो ।
अदालतले दिएको म्याद १४ गते नै सकिए पनि तिहार बिदाका कारण लामिछानेलाई आज अदालतमा पेस गर्न लागिएको हो ।