काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
कात्तिक २ गते सहकारी ठगीको अनुसन्धानका लागि पक्राउ परेका लामिछानेको यसअघि दुई पटक म्याद थप गरिसकिएको छ ।
यस अघिको म्याद कात्तिक १५ गते सकिए पनि तिहारको बिदाका कारण अदालत बन्द रहेको थियो । आज अदालत खुले पछि प्रहरीले लामिछानेलाई अदालतमा उपस्थित गराएको हो ।