२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । अहिलेको समयमा कुनै सेवा वा सामान चाहिएको अवस्थामा गुगलमा सर्च गरेर खोज्ने प्रयोगकर्ताको संख्या निकै धेरै भइसकेको छ । यस्तोमा कार्यालय, सार्वजनिक निकाय, पसल, व्यवसायदेखि सबैका लागि गुगल म्यापको उपस्थिति अनिवार्य जस्तै भइसकेको छ ।

Vivo Y28
Daraz

यतिसम्म कि अब त हुलाक सेवाका लागि समेत गुगलको लोकेसन आधिकारिक रुपमा प्रयोगमा आइसकेको छ । कतिपय पटक यस्तो हुन्छ कि, गुगल म्यापमा कुनै एड्रेस सर्च गर्दा फेला पर्दैन ।

यस्तोमा कुनै बेला साथीभाइ वा आफन्तलाई आफ्नो एड्रेस दिन पनि मुश्किल पर्न जान्छ । यदि तपाईं पनि यसैगरी अभावको सामना गरिरहनु भएको छ भने आज हामी तपाईंलाई आफ्नो कार्यालय, पसल वा उपलब्ध नभएका स्थानको लोकेसन गुगल म्यापमा कसरी थप गर्ने भन्ने बारेमा सजिलो तरिका बताउँदै छौं ।

गुगल म्यापमा कसरी थप्ने नयाँ लोकेसन ?

१. यसका लागि गुगल म्याप खोल्नुहोस् र तल अन्तिममा रहेको अपडेट अगाडिको Contribute मा थिच्नुहोस् ।

२. अब दोस्रो अप्सन Add Place लेखिएको स्थानमा दबाउनुहोस् ।

३. यति गरेसँगै एउटा फर्म जस्तो पेज खुल्नेछ । त्यसमा स्थानको नाम लेखेर त्यसका लागि सुहाउँदो क्याटेगरी छनौट गर्नुहोस् ।

४. अब लोकेसन लेखिएको स्थानमा आफूले थप गर्न चाहेको स्थानको ठेगाना टाइप गर्नुहोस् ।

५. यति गरिसकेपछि त्यसको मुनी रहेको अपडेट लोकेसन अन म्यापमा थिच्नुहोस् ।

६. अब एउटा म्याप खुल्नेछ । लोकेसन म्यापलाई दायाँ-बायाँ र तलमाथि गर्दै आफूले थप गर्न चाहेको स्थानमा लोकेसन आइकनलाई पुर्‍याउनुहोस् अथवा तपाईं सम्बन्धित स्थानमै हुनुहुन्छ भने जीपीएस आइकनमा थिच्नुहोस् ।

७. यति गरेसँगै माथि दायाँ कुनामा देखिएको OK बटनमा क्लिक गर्नुहोस् ।

८. अब त्यसको मुनी उपलब्ध भएसम्म फोन नम्बर, खुल्ने समय, वेबसाइट, खुलेको समय र त्यससँग सम्बन्धित तस्वीरहरु राख्नुहोस् र अगाडि बढ्नुहोस् ।

९. ख्याल गर्नुहोस्, तपाईंले गुगलमा थप गरेको लोकेसन कम्पनीले पुष्टी गर्नेछ र त्यसपछि मात्र गुगल म्यापमा तपाईंले थप गरेको नयाँ स्थान देखिनेछ । यसका लागि २४ घण्टादेखि ४८ घण्टासम्मको समय लाग्न सक्छ । Source:- Techpana

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।