काठमाडौं । भारतीय सेयर बजारका बादशाह राकेश झुनझुनवालाको निधन भएको छ । भारतीय सेयर बजारमा ‘बादशाह’को उपमा पाएका लगानीकर्ता झुनझुनवालाको ६२ वर्षको उमेरमा निधन भएको हो । उनको आइतबार बिहान मुम्बईस्थित ब्रीच क्याण्डी अस्पतालमा निधन भएको हो । हालै उनले आकासा एयरलाइन्समा लगानी गरेका थिए ।
यस कम्पनीमा २ अर्ब ६४ करोड भारु लगानी गरेका उनले ७० वटा जहाज किन्ने योजना बनाएका थिए । झुनझुनवालाको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक संजाल फेसबुकमा तस्वीर राख्दै शोक व्यक्त गरेका छन् ।
