काठमाडौं । मकवानपुरमा देउसी खेल्ने क्रममा भिड बाट लडेर एक जनाको मृत्यु भएको छ ।
भीमफेदी-१ बाघचौरका ४१ वर्षीय सुकमान गोलेको बुधबार राति देउसी खेल्ने क्रममा एक घरबाट अर्को घरमा जाँदा भीरबाट लडेर मृत्यु भएको प्रहरी ले जनाएको छ ।
लडेर गम्भीर घाइते भएका गोलेको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए ।