२०८१ भाद्र २३ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

बारा । बारा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका इच्छाबहादुर वाग्लेको पक्षमा बलियो जनमत देखिन थालिएको छ । स्वतन्त्र उम्मेदवारी दर्तासंगै चुनावी अभियान अघि बढाएका छन जस अन्तर्गत आज वाग्लेको घर दैलो कार्यक्रम जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १ दुधैरामा सम्पन्न भएको छ।

नेपाली कांग्रेसका अगुवा नेता वाग्लेले गठबन्धनको निर्णयप्रति असन्तुष्टी जनाउदै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । गठबन्धनको कारण यस निर्वाचन क्षेत्र एकिकृत समाजवादीको भागमा परेपछि असन्तुष्ट हुँदै नेपाली कांग्रेसका नेता वाग्लेले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।

उक्त असन्तुष्टीकै कारण कांग्रेस कार्यकर्ताको चाहनाअनुसार वाग्लेले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । उनको स्वतन्त्र अभियानलाई पछिल्लो समय कांग्रेस कार्यकर्ताले खुलेरै सहयोग गर्न थालेका छन् । जसको कारण वाग्ले अहिले चर्चामा रहेको देखिएका छन।

स्वतन्त्र उम्मेदवार वाग्ले सिमरास्थित होटल इच्छाका संचालक हुन् । करोडौंको लगानीमा उनले होटल स्थापना गरेपछि सिमरामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन सुरु भएको थियो । सिमरालाई चिनाउन र यस क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि नेतृत्वदायी भूमिका खेल्दै आएका छन। सिमरामा पर्यटनको विकासमा उनको ठूलो योगदान रहेको छ। उनी एउटा असल उद्दमी, व्यवसायीका साथै एक असल समाजसेवी तथा नेपाली काँग्रेसका अगुवा नेता कार्यकर्ता समेत रहेका छन।

समाजमा उनले सबै वर्गलाई समेटेर अगाडि बढ्दै आएका छन। यसका साथै सबै प्रति सम्मान भाव राख्दै नेपाली काँग्रेसका मार्फत जनताको सेवा गर्दै आज यहाँसम्म आइ पुगेका छन।

घरदैलोपछि आयोजित सभामा बोल्दै वाग्लेले प्रतिनिधिसभाको सदस्य पदमा आफ्नो स्वतन्त्र उम्मेदवारी क्षेत्र नं. ४ को विकासका लागि महत्वपूर्ण रहेको बताएका छन । आफूले उम्मेदवारी दिएपछि लामो समय आफूले बिताएको पार्टीका कार्यकर्ता सहित जनताको समर्थन पाएको भन्दै वाग्लेले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् । आफ्नो सभामा अत्याधिक स्थानीय बासिको उपस्थिती हुने गरेको तथा बेला बेलामा पाएको साथ र सहयोगको आधारमा आफ्नो जित सुनिश्चित रहेको उनको दाबी रहेको छ।

सो घर दैलो कार्यक्रममा विभिन्न नेता कार्यकर्ता, उनका सहयोगी व्यक्तित्व, स्थानीय लगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।