२०८१ भाद्र २३ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

बारा । बाराको फेटा गाउँपालिकामा पर्ने फेटामा आज पाँच दलिय साँझा गठबन्धन बारा क्षेत्र नं. ४ को चुनावी सभा भव्यताका साथ सम्पन्न भएको छ।

पाँच दलिय साझा गठबन्धनले आयोजना गरेको सो चुनावी सभालाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठले बारा क्षेत्र नम्बर ४ को विकास सिंह दरवारको बजेटबाट मात्र सम्भव रहेको बताए । आज शुक्रबार फेटामा पाँच दलिय साँझा गठबन्धन चुनाव प्रचार प्रसार समितिले आयोजना गरेको कार्यक्रममा सो कुरा उनले बताएका थिए।

प्रतिनिधी सभा सदस्य किसान श्रेष्ठले कार्यक्रमलाई सम्बोधन गर्दै आफु यस क्षेत्रको उम्मेदवार हुनु भन्दा पहिला ५० करोडको बजेटबाट विभिन्न योजनाहरु शिलान्यास गरेको अवगत गराएका थिए । आफुलाई पर्यटक उम्मेदवार भन्नेको मुखमा जोडदार तमाचा लागेको उनले बताए ।

३२ वटा वडा रहेको क्षेत्र नम्बर ४ मा जनता जनार्दनले चुनावी कार्यक्रम गर्न आतुर रहेको बेला आफुले समय दिन नसके पनि आफु निर्वाचित भए लग्तै टोल टोलमा पुगी विकासको लहर ल्याउने प्रतिनिधि सभा सदस्य श्रेष्ठले प्रतिवद्वता गरेका छन् ।

मधेश प्रदेशका भौतिक पुर्वाधार मन्त्री रहेका र हाल प्रदेश सभा सदस्य का उम्मेदवार जितेन्द्र सोनलले देशमै उत्कृष्ट विकासको नमुना पेश गरेको बताए । उनले क्षेत्र नम्बर ४ मा प्रदेशको बजेटबाट गरेको विकास प्रयाप्त नभएकोले अब उनको काधमा काध मिलाई सिंह दरबारको बजेटबाट यस क्षेत्रमा विकासको लहर ल्याउने प्रतिवद्वता समेत गरेका थिए।

चुनावी सभालाई सम्बोधन गर्दै क्षेत्र नम्वर ४ (ख) का प्रदेश सभा सदस्य का उम्मेदवार जितेन्द्र सोनलले पुर्व प्रधानमन्त्री केपी ओली मधेश विरोधी रहेको बताए । उनको तानाशाही शासनले सदन दुई चोटी विघटन भएको सोनलले बताए । अबको चुनावमा बैलेटबाट ओलीको औकात बताउने समय आएको उनले बताए ।

राजनितीमा अपराधिकरणले गर्ने दिन समाप्त भएको सोनलले बताए । राजनितीक हाम्रो पक्षमा रहेकोले सबै जनता जनार्दनसंग अनुरोध गरे गठबन्धनलाई भोट दिएर बहुमतले विजयी गराउन आग्रह गरेका छन् ।

सो सभालाई नेपाली काँग्रेसका सह महामन्त्री तथा पूर्व मन्त्री फरमुल्लाह अंसारी, नेपाली काँग्रेस बाराको प्रदेश निर्वाचन क्षेत्र नम्बर ४ (ख) को सभापतिमा लोकेश सिंह संविधान सभा सदस्य मधु शाही, संविधान सभा सदस्य डा. सुभाकर पराजुली, नेपाली काँग्रेस बारा छेत्र नं. ४का छेत्रिय सभापति सुनिल गुप्ता लगायतकोले सम्बोधन गरेका थिए।

सो सभामा क्षेत्र नम्बर ४ फेटा गाउपालिका वडा नम्बर २ मा पाच दलिय साझा गठबन्धनमा आवद्व हजारौको संख्यामा नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।