काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ( बालेन) को अहिले एउटा निर्णय सामाजिक संजालमा सकारात्मक चर्चाको विषय बनेको छ ।
उनलेे कार्यपालिका बैठकमा कर्णालीको कालिकोटमा एम्बुलेन्स उपलब्ध गराउने प्रस्ताव पेश गरेका थिए । त्यो प्रस्ताव स्वीकृत पनि भएको छ । अहिले उक्त भिडियो सामाजिक संजालमा मेयर प्रति प्रशंसा देखिएको छ ।
मेयर बालेनले कार्यपालिका बैठकमा भने ‘कर्णाली प्रदेशको कालिकोटबाट एम्बुलेन्स किन्न सहयोग मागिएको रहेछ । दुई-तीन लाख सहयोग गर्नुभन्दा एम्बुलेन्सनै सहयोग गर्नु उचित देखिएकाले यो प्रस्ताव पेस गर्दछु।’ चैतको अन्तिम साता भएको उक्त बैठकमा वडा नम्बर ६ का अध्यक्ष भूवन लामाले प्रस्ताव ल्याएको उल्लेख गर्दै एम्बुलेन्स दिने प्रस्ताव पेस गर्दा बैठकले तालिको साथ उक्त प्रस्ताव पास गरेको हो ।