काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी लडाकुलाई राखिएको क्यान्टोन्मेन्टमा भ्रष्टाचार भएको आरोप कपोलकल्पित र पूर्वाग्रही रहेको दाबी गरेका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा सांसदको प्रश्न को जबाफ दिदै उनले यस विषयमा कसैले उजुरी गरेर छानबिन गरेर जेल जान तयार रहेको बताए । उनले यो विषयलाई राजनीतिक आग्रहका साथ उठाउने गरिएकोमा आफू आश्चर्यमा पर्ने गरेको बताए ।
प्रचण्डले भने,‘अडिटबाट टुंगो लगाइसकेको विषय हो । तर, यदि कसैले उजुरी गरेमा आवश्यक छानबिन गरेर दोषी प्रमाणित भए म आफैं जेल जान तयार छु ।’