![](https://dainikmandu.com/wp-content/uploads/2023/06/1686632284607.jpg)
काठमाडौं । एसीसी महिला टी-२० इमर्जिङ टिम्स एशिया कपमा पाकिस्तान एसँग नेपाल पराजित भएको छ ।
जितका लागि ८८ रनको लक्ष्य पच्छ्याएको नेपालले पूरै २० ओभर खेलेपनि ९ रन विकेट गुमाउँदै पराजित भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान ए ले १९ दशमलव २ ओभरमा अलआउट हुँदै ८७ रन बनाएको थियो ।
इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको लागि यो पहिलो खेल हो । नेपाल रहेको समूह ए मा हङकङ, भारत र पाकिस्तानका रहेका छन् ।