काठमाडौं । प्रहरीले ललिता निवास प्रकरणमा थप एक जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरी को केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले मालपोत कार्यालय, डिल्लीबजारका पूर्व कर्मचारी गोपाल कार्कीलाई पक्राउ गरेको हो ।
प्रहरीले आज मात्रै भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित ५ जनालाई पक्राउ गरिसकेको छ ।