काठमाडौं । २० वर्ष पुराना गाडी हटाउने निर्णयविरुद्ध काठमाडौंमा प्रदर्शन भैरहेको छ ।
सरकारको उक्त निर्णय खारेज हुनुपर्ने लगायतका माग राख्दै ट्याक्सी, ट्रक र ट्याङ्कर चालकहरूले आज काठमाडौँमा प्रदर्शन गरेका छन् ।
प्रदर्शनका कारण सडक आवगमन प्रभावित भएको छ ।कलङ्की-बालाजु खण्डको सडकको एक लेन ढाकिने गरी प्रदर्शन भैरहेकोले ट्राफिक जाम भएको छ ।
ऊनीहरुले २० वर्ष पुराना गाडी हटाउने सरकारको निर्णय खारेज हुनुपर्ने, निजी सवारी साधनले भाडाका सवारी साधनले जस्तो सेवा दिन नपाउनुपर्ने, लगायत माग राखेका छन् ।