काठमाडौं । आज सातै प्रदेशका मुख्यमन्त्रीको भेला पोखरामा हुने भएको छ ।
पोखरामा हुने भेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले गर्नुहुने छ । मुख्यमन्त्रीहरूबीच छलफल एवं अन्तक्र्रिया हुने बताइएको छ । भेलामा अन्तरप्रदेशबीचको अनुभव आदान–प्रदान, प्रदेशले संविधानतः पाउनुपर्ने अधिकारलगायत विषयमा छलफल हुने बताइएको छ ।
यसअघि मुख्यमन्त्रीको भेला गत जेठ १० गते गर्ने तय भए पनि प्रधानमन्त्री दाहालको व्यस्तताका कारण स्थगित भएको थियो ।