काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक १५ मिनेट स्थगित गरेका छन् ।
आइतबार बिहान साँढे ११ बजे बसेको प्रतिनिधिसभाको बैठक केहि मिनेट मिनेट बसेर स्थगित भएको हो ।
सभामुख घिमिरेले आजको बैठकमा शून्य समयको कार्यक्रम नरहेको जानकारी गराउँदै प्रतिनिधिसभाका सचिव पदमप्रसाद पाण्डेलाई राष्ट्रियसभा राष्ट्रियसभामा उत्पत्ति भएको “मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०” का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्न समय दिएका छन् ।