बारा । बाढी पूर्वानुमान महाशाखाले सूचना निकालेर बाराको निजगढ र आसपासका क्षेत्रमा पछिल्लो ३ घण्टा ठूलो पानी परेको र अझै ठूलो पानी पर्ने सम्भावना रहेकाले बाढीको चेतावनी दिएको छ ।
महाशाखाले बकैया नदी र त्यस क्षेत्र भइ बहने साना नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय तथा डुबान भइरहने होचा क्षेत्रमा बेलुकासम्म नै सतर्कता अपनाउन आग्रह गरेको छ ।