काठमाडौं । बालुवाटारमा रहेको ललिता निवासको सरकारी जग्गामा ताराबार लगाउन महनगर टोलि पुगेको छ ।
काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहको निर्देशनपछि अहिले केही बेर अघि नगरप्रहरीले खाली जग्गामा तारबार लगाएर राख्ने तयारी गरेको छ ।
बालुवाटारस्थित ललिता निवासको खाली जग्गामा तारबार लगाउने, बनिरहेका घर तथा भौतिक संरचना निर्माणको काम रोक्न लागेको महानगरका प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले बताए ।
मेयर को निर्देशन पछी उक्त ठाउँमा अहिले ठुलो संख्यामा नगर प्रहरी परिचालन गरिएको छ ।