काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह मेट्रोपोलिसको सञ्चालक समितिको सदस्य निर्वाचित भएका छन्।
शहरी चुनौतिहरूलाई सम्बोधन गर्न र दिगो विकासलाई प्रवर्द्धन गर्ने महानगरीय क्षेत्रका प्रमुख शहरहरूको अन्तर्राष्ट्रिय नेटवर्क रहेको मेट्रोपोलिसको संचालक समिति सदस्यमा ऊनी निर्वाचन भएका हुन ।
ब्रुसेल्स समिटमा मेयर बालेनलाई २०२४ देखि २०२६ सम्मका लागि वर्ल्ड एसोसिएसन अफ द मेजर मेट्रोपोलिसले सञ्चालक समितिको सदस्यमा निर्वाचित गरेको मेयर बालेनका स्वकीय सचिव भूपदेव शाहले बताए ।