२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले सुन प्रकरणको अनुसन्धानमा राज्यले सम्पूर्ण हिसाबले सहयोग गर्ने बताएका छन् । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्दै अर्थमन्त्री महतले सुन प्रकरणमा मेसिनको वा व्यक्तिको संलग्नता हो भन्ने छानबिन समितिले अनुसन्धान गरिरहेको भन्दै यसमा राज्य र अर्थमन्त्रीको सम्पूर्ण सहयोग रहने बताएका हुन् ।


उनले भने,‘यो प्रकरणपछि केही कर्मचारीहरु निलम्बन भईसकेका छन् । मेसिनको कमजोरी हो कि व्यक्तिको संलग्नता हो कि अनुसन्धान भईरहेको छ । स्वतन्त्र रुपमा अनुसन्धानको प्रक्रिया अगाडि बढिरहेको छ । राज्यले सम्पूर्ण हिसाबले अनुसन्धान प्रक्रियामा सहयोग गर्छ र अर्थमन्त्रलालयले पूरा सहयोग गर्छ ।’ उनले अपराध गर्ने व्यक्तिहरुले नयाँ नयाँ प्रविधिहरु प्रयोग गर्न सक्ने भएकाले भन्सारमा रहेका प्रविधिहरुलाई पनि समयानुकूल अपग्रेड गर्नु पर्ने टिप्पणी गरे ।

Vivo Y28
Daraz


उनले भने,‘अपराध गर्ने मनसाय भएका र तस्करी गर्ने व्यक्तिले नयाँ नयाँ प्रविधिको प्रयोग गर्छन त्यसैले हाम्रो प्रविधिलाई त्यहि अनुसार अपग्रेड गर्नुपर्छ ।’ राज्यका बिभिन्न जिम्मेवार निकायहरुबीच समन्वयकारी भूमिकाले नै विमानस्थलमा हुने गैरकानूनी गतिविधिहरु रोक्न सकिने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।