
नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । मंगलबार राति १२ बजेपछि लागू हुनेगरी पेट्रोल प्रतिलिटर ९ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर ७/७ रुपैयाँ बढेको छ।
अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १७३ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ । मूल्य स्वचालित प्रणालीले गर्दा ठाउँअनुसार मूल्य फरक फरक छ ।

त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १ सय ३० रुपैयाँ घटेको छ । खाना पकाउने ग्यासको मूल्य अब प्रतिसिलिण्डर १६६० रुपैयाँ पर्नेछ ।