
ढोरपाटन । अविरल वर्षाका कारण अवरुद्ध भएको सालझण्डी–ढोरपाटन सडक २३ घण्टापछि सञ्चालनमा आएको छ । बिहीबार दिउँसोदेखि अवरुद्ध भएको उक्त सडक २३ घण्टापछि आज सञ्चालनमा आएको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले बताए ।
राष्ट्रिय प्राथमिकताको आयोजनाको बुर्तिबाङ–ढोरपाटन सडक खण्डअन्तर्गत ढोरपाटन नगरपालिका–५ र ६ को सिमानामा पर्ने दोगाडी पुलमा माथिबाट पहिरा खसेर सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध बनेपछि ढोरपाटन, बोबाङ, फल्लेघरलगाएका ठाउँबाट बुर्तिबाङ, पोखरा काठमाडौँ, बुटवल जाने सवारी साधन अलपत्र परेका थिए ।
